कसले रोकिदियो कांग्रेस, माओवादीसहितका दलहरूको राष्ट्रपति प्रचारको कार्यक्रम ?
काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलीय गठबन्धनले आफ्ना राष्ट्रपति चुनावी कार्यक्रम रोकेका छन् ।
आठ दलीय गठबन्धनले फागुन २४ गतेका लागि राखेको सांसदहरूको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरूको भेला स्थगित भएको छ ।
संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । आचारसंहिता १७ फागुन देखि ५ चैतसम्म लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरूले अभिमुखीकरण गरेका छन् ।
राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरूलाई अभिमुखीकरण गरिएको थियो ।
कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित हुने पक्का जस्तैछ । कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूले पौडेललाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया