कांग्रेस नेताहरू र रवि लामिछानेबीचको वार्ता सकारात्मक, उत्साहपूर्ण कुराकानी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न अनुरोध गरेको छ ।
शुक्रबार रास्वपाको मुख्यालय महाराजगञ्जमा पुगेर कांग्रेसका नेताहरूले सभापति रवि लामिछानेसँग पौडेललाई मतदान गरेर सहयोग गर्न आग्रह गरेका हुन् ।
रास्वपाका सभापति लामिछानेले पार्टीभित्र सरसल्लाह गरेर उपयुक्त निर्णय लिइने जवाफ दिएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
रास्वपासँगको कुराकानीका आधारमा कांग्रेसका नेताहरू निकै उत्साहित देखिएका छन् । कांग्रेसका नेताहरूले रास्वपाले पौडेलको पक्षमा मतदान गर्नेमा विश्वास लिएर फर्किएका छन् ।
राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता पौडेललाई उम्मेदवार बनाएको छ ।
रास्वपासँग मत माग्न राष्ट्रपति पदका उम्मेदवार पौडेलका साथै कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, प्रमुख सचेतक रमेश लेखक, जीपछिरिङ लामा, दीपक खड्कालगायत नेताहरू गएका थिए ।
यसअघि, कांग्रेसका नेताहरूले विभिन्न दलका नेताहरूसँग भेट गरेर राष्ट्रपति निर्वाचनमा पौडेललाई मतदान गरेर सहयोग गर्न आग्रह गरिसकेका छन् ।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि कांग्रेसले प्रचार प्रचार गरिरहेको छ । कांग्रेसबाट उम्मेदवार बनेका पौडेल राष्ट्रपति निर्वाचनमा निर्वाचित हुने लगभग पक्का जस्तैछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया