एमाले आठ दलभित्र खेल्न खोजे पनि असर पर्दैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले एमालेले आठ दलीय गठबन्धनमा दरार उत्पन्न गर्न विभिन्न प्रयास गर्न सक्ने बताएका छन् ।

बिहीबार बिहान रेडियो अन्तर्वार्ताका क्रममा नेता बस्नेतले आठ दलीय गठबन्धनमा कुनै पनि असर नपर्ने बताए । उनले भने, ‘एमाले र अध्यक्ष खड्गप्रसाद ओलीले जति नै खेलोमेलो गरे पनि कुनै असर पर्दैन ।’

विगतमा कांग्रेसले केही गल्ती गरेको नेता बस्नेतले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कांग्रेससहितका आठ दलले लामो सहकार्य गरेर जाने बस्नेतले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शमा आफूले प्रधानमन्त्री दाहालसहित माओवादीका दोस्रो तहका नेताहरूसँग आफूले परामर्शहरू गरेर पुरानो गठबन्धन बचाउन प्रयास गरेको बस्नेतले बताएका छन् ।

कांग्रेससँग सहकार्य गर्दा सहजता हुने उनले बताए । बस्नेतले भने, ‘प्रधानमन्त्री दाहाललाई कांग्रेस वा एमालेसँग सहकार्य गरेर जाँदा कुन दलसँग सहज हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । आठ दलीय गठबन्धन लामो समयसम्म जान्छ ।’

Published : Thursday, 2023 March 2, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया