एमाले आठ दलभित्र खेल्न खोजे पनि असर पर्दैन : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले एमालेले आठ दलीय गठबन्धनमा दरार उत्पन्न गर्न विभिन्न प्रयास गर्न सक्ने बताएका छन् ।
बिहीबार बिहान रेडियो अन्तर्वार्ताका क्रममा नेता बस्नेतले आठ दलीय गठबन्धनमा कुनै पनि असर नपर्ने बताए । उनले भने, ‘एमाले र अध्यक्ष खड्गप्रसाद ओलीले जति नै खेलोमेलो गरे पनि कुनै असर पर्दैन ।’
विगतमा कांग्रेसले केही गल्ती गरेको नेता बस्नेतले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कांग्रेससहितका आठ दलले लामो सहकार्य गरेर जाने बस्नेतले बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शमा आफूले प्रधानमन्त्री दाहालसहित माओवादीका दोस्रो तहका नेताहरूसँग आफूले परामर्शहरू गरेर पुरानो गठबन्धन बचाउन प्रयास गरेको बस्नेतले बताएका छन् ।
कांग्रेससँग सहकार्य गर्दा सहजता हुने उनले बताए । बस्नेतले भने, ‘प्रधानमन्त्री दाहाललाई कांग्रेस वा एमालेसँग सहकार्य गरेर जाँदा कुन दलसँग सहज हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । आठ दलीय गठबन्धन लामो समयसम्म जान्छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया