शर्मिला वाइबाले बिष पिइन्, वीर अस्पतालमा भर्ना
काठमाडौं । पत्रकार ऋषि धमलालाई विवादमा ल्याएर चर्चित बनेकी शर्मिला वाइबाले बिष पिएकी छिन् ।
शर्मिलाले बिष पिएर आत्महत्याको प्रयास गरेको उनका निकटका साथीहरूले बताएका छन् । शर्मिलाले बुधबार राति करीव ११ बजे काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा बिष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
शर्मिलाको उपचार वीर अस्पतालमा भइरहेको छ । शर्मिलाको अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
शर्मिलाले बिष पिउनुको कारणबारे बताउन मानेकी छैनन् ।
शर्मिलाले नायक पल शाह काठमाडौं आउँदा स्वागत गर्न विमानस्थल पुगेकी थिइन् । त्यस बेला गायक राजेशपायल राईसँग विवाद भएको थियो ।
आफूलाई कथित अभियन्ता बताउने शर्मिलाले सामाजिक सञ्जालमा छाडा शब्दहरू बोल्ने गरेकी छिन् । उनलाई प्रहरीले केही महिना अगाडि थुनामा समेत हालेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया