एकीकृत समाजवादीले एमालेलाई लात हान्यो, कांग्रेस खुसी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेर विजयी बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आठ दलको तर्फबाट रास्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।’

आठ दलको सहमतिमा कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिका उम्मेदवार बनेका छन् ।

पौडेलको पक्षमो बहुमत देखिएको छ । फागुन २४ गते हुने मतदानमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने लगभग पक्का जस्तै छ ।

एकीकृत समाजवादीले पौडेललाई मतदान गरेर विजयी बनाउने निर्णय गरेपछि एमालेलाई तनाब भएको छ ।

एमालेले पनि पत्र पठाएर एकीकृत समाजवादीसँग मत मागेको थियो ।

Published : Thursday, 2023 March 2, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया