सामान्य प्रशासन मन्त्रालयद्वारा यी २८ उप-सचिवको पदस्थापना तथा सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उप–सचिवहरूको पदस्थापना गरेको छ ।

मन्त्रालयले उप–सचिवमा बढुवा भएका २८ जनाको पदस्थापन गरेको जनाएको छ ।

अधिकांश उप–सचिवहरूलाई पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।

पदस्थापना हुने उप–सचिवहरूमा बाबुकृष्ण ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जीवनचन्द्र राई, राजेश्वरी खत्री सापकोटा, धर्मराज न्यौपाने, ओमप्रसाद पाण्डे, अर्जुनबहादुर थापा, पदमलाल लामिछाने, किरण निधि तिवारी रहेका छन् ।

पदस्थापना हुने उप–सचिवहरूमा माधवप्रसाद अधिकारी, बसन्त न्यौपाने, दत्तराज हमाल, कैलासबहादुर ठकुराठी, दीपकप्रसाद न्यौपाने, जगदीश अर्याल, लोकप्रसाद रेग्मी, जीतबहादुर भण्डारी, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमलप्रसाद पुन रहेका छन् ।

पदमप्रसाद अर्याल, नारायण न्यौपाने, डुविन्द्रप्रसाद बराल, पुरुषोत्तम घिमिरे, अधिनकुमार पोखरेल, पवनराज कोइराला र महेन्द्र विश्वकर्माको पदस्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 March 1, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया