सभापति देउवाको राजनीतिक संस्कार देखेर एमाले लाजले भुतुक्क

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा एमालेको पनि भोट मागेका छन् ।

सभापति देउवाले मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पठाएर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरेका हुन् ।

सभापति देउवाको पत्रलाई मुख्यसचिव पौडेलले एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रहसहितको पत्र बुझाएका हुन् ।

फागुन २५ गते तेस्रो राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको छ । निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा नेपाली कांग्रेसले पूर्व सभामुख तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ ।

पौडेललाई विजयी गराउन एमालेका तर्फबाट सहयोगका लागि नेपाली कांग्रेसका सभापति देउवाद्वारा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीलाई पत्र लेखेका हुन् । सो पत्र बालकोटस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको छ ।

कांग्रेस सभापति देउवाले राजनीतिक संस्कार देखाउँदै एमालेका अध्यक्ष ओलीलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा पौडेललाई मत मागेका छन् ।

तर, एमालेका अध्यक्ष ओलीले कांग्रेस बाहेकका दलहरूलाई पत्र पठाएर आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारका पक्षमा मत मागेका छन् ।

एमालेले राजनीतिक संस्कार देखाउन नसके पनि कांग्रेसले राजनीतिक संस्कार देखाएको छ ।

Published : Tuesday, 2023 February 28, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया