खड्गप्रसाद ओलीले कोइरालालाई विमानस्थलबाट अपमान गरेर फिर्ता बोलाएको किन भुलेको ?

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि उप–कुलपतीलाई विदेश जानबाट अपमानजनक रुपमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्याललाई विदेश जान रोकेको विषयलाई लिएर एमालेले अतिरञ्जित गरेको छ ।

ओलीले नेपाल संस्कृत विश्वविद्यालयक तत्कालीन उप–कुलपती कुलप्रसाद कोइरालालाई अपमानजनक हिसाबले ठाडो आदेशमा क्यानडा जान रोक लगाएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीको सो कार्यको ठूलो विरोध भएको थियो । तैपनि एमालेको सरकार र ओलीले पेलेरै गएका थिए ।

राष्ट्रपतिको चुनाव फागुन २४ गते आउन लागेको छ । सरकारबाट एमाले बाहिरिने पक्का जस्तै छ । यस्तो अवस्थामा परराष्ट्रमन्त्री पौड्याल आइतबार विदेश भ्रमणमा जान लागेकी थिइन् ।

मन्त्री पौड्याल विदेश भ्रमणमा रहेका बेला यता मन्त्री पद गएको भए के हुने थियो ? नेपालको बद्नाम हुने थियो कि थिएन ? एमालेका अहँकारी नेताहरूले राम्रोसँग बुझ्न जरुरी छ ।

आफूले गर्दा जे पनि राम्रो हुने अध्यक्ष ओली र एमालेका नेताहरूको कुराले धेरैलाई आश्चर्य चकित तुल्याइदिएको छ ।

एमालेले सोमबारको बैठकबाट सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यो निर्णय परराष्ट्रमन्त्री पौड्याल विदेश भ्रमणमा भएका बेला गरेको भए के हुने थियो ?

Published : Monday, 2023 February 27, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया