मध्यबानेश्वरबाट सुरू भएको कांग्रेस–माओवादी वार्ता कसैले थाहै पाएनन्, त्यसपछि दूत परिचालन
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको ‘ढाेक्सा’ फुटाल्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पनि ठूलो भूमिका रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवासँगको गोप्य परामर्शपछि नेता बस्नेतले माओवादी केन्द्र र कांग्रेसलाई नजिक्याउन विशेष भूमिका खेलेका थिए । बाहिर कुनै प्रचार प्रसार नगरेर नेता बस्नेतले प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा दोस्रो तहका नेताहरूसँग पटक–पटक भेट गरेका थिए ।
कांग्रेस र माओवादीबीच नजिक बनाउन तपाईको भूमिका पनि थियो भन्छन् नि भन्ने प्रश्नमा नेता बस्नेतले भने, ‘नेपाली कांग्रेस र माओवादी केन्द्रलाई नजिक बनाउन मेरो पनि केही भूमिका छ । पार्टी सभापति शेरबहादुर देउवाज्यूसँगको परामर्शपछि मैले पनि भूमिका खेलेको हुँ ।’
एमाले र माओवादीबीच गठबन्धन बनेर सरकार बनेपछि सभापति देउवालाई सबैले गाली गरेर हैरान बनाएका थिए ।
त्यही बेला नेता बस्नेतले मध्यबानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट माओवादीका नेताहरूसँग निकै सम्पर्क बढाएका थिए ।
नेता बस्नेतले माओवादीका नेताहरूसँग भएका कुराकानी र सूचनाहरू सभापति देउवालाई समयमा दिने गरेका थिए । जसको परिणाम सुखद् आएको छ ।
सभापति देउवालाई भेट्न गए पनि नेता बस्नेतले तस्वीर खिचेर सामाजिक सञ्जालमा हालेर प्रचार प्रसार गरेनन् । आफूले गरेका वार्ता, सम्वाद र भेटहरूलाई समाचारमा ल्याएनन् । समाचार बाहिर आएको भए धेरै कुरा बिग्रन नि सक्थ्यो ।
नेता बस्नेतले खेलेको भूमिका र सम्वादहरू पार्टीभित्र सभापति देउवालाई भन्दा अरु धेरैलाई थाहा भएन । सभापति देउवाले पनि यस पटक भएका सम्वाद र प्रयासहरूमा क–कसको भूमिका छभन्ने राम्रोसँग बुझेका छन् ।
कांग्रेसका सभापति देउवाले दुई महिनाभित्रै पुरानो गठबन्धन ब्यूँताइदिएका छन् । एमालेलाई सत्ताभन्दा बाहिर पुर्याइदिएका छन् ।
सभापति देउवा र प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष दाहालबीच मध्यबानेश्वरबाट भित्रभत्रै सुरु भएको वार्ता र सम्वाद एमालेका अध्यक्ष ओलीले थाहै पाएनन् ।
देउवा–दाहालको सफल वार्ता र सम्वादमा नेता बस्नेतले खेलेको भूमिकाले गर्दा कांग्रेस सत्तामा जान थालेको छ । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने पक्का जस्तैछ ।
कांग्रेसका देशभरिका नेता कार्यकर्तामा खुसीयाली छाएको छ । कांग्रेस सत्तामा जाने भएपछि एमालेभित्र रुवाबासी सुरु भएको छ । एमालेभित्र तनाबको अवस्था सिर्जना भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया