आठ दलको निर्णयले एमाले मुर्छा ! ओलीले लिखित दस्तावेज खोजेकै बेला शक्तिशाली कार्यक्रम
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ८ दलको लिखित सहमति खोजेकै बेला राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा सबै दलबाट एक–एक जना सदस्य रहनेछन् ।
आठ दलबीच राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको छ ।
बैठकमा दलहरूका बीच राष्ट्रपति निर्वाचनमा मिलेर अगाडि बढ्ने सन्दर्भमा निर्वाचन प्रचार कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केही समझदारी भएको छ ।
प्रचारप्रसारका सन्दर्भमा फागुन १८ गते ८ दलका प्रतिनिधि सभाका सांसदहरूको बीचमा बैठक तथा छलफल गर्ने निर्णय भएको छ ।
फागुन १९ गते प्रत्येक प्रदेशहरूमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने निर्णय भएको छ ।
फागुन २३ मा सबै प्रदेश सभाका सांसदहरूलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने समझदारी भएको छ ।
बैठकमा छलफल र सहमति भएको विषयलाई आफ्ना दलका सांसदहरूसम्म पु¥याउनका लागि सबै दलहरूले संसदीय दलको बैठक राख्ने निर्णय भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरूबीच एकमत भएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । चैत ३ गते उप–राष्ट्रपतिको निर्वाचन हुनेछ ।
राष्ट्रपति पदका लागि ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया