ओलीले पठाए नेपाललाई भेट्न दूत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।
बिहीबार राति कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा उनीहरूका बीच भेटवार्ता भएको हो ।
नेपाल र पोखरेलबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।
तत्कालीन नेकपालाई ब्यूँताउने विषयमा पनि नेपाल र पोखरेलबीच कुराकानी भएको बुझिएको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन सकिने प्रस्ताव अगाडि सारेपछि नेपाल र पोखरेलबीच वार्ता भएको छ ।
एमालेका अध्यक्ष ओलीले नै नेपाललाई भेट्न पोखरेललाई पठाएको चर्चा छ ।
Published : Thursday, 2023 February 23, 10:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया