सभापति देउवा र अध्यक्ष नेपालबीच भेट, रामचन्द्र–गगन पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भेटवार्ता गरेका छन् ।

बिहीबार राति अध्यक्ष नेपाल सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवासमा पुगेका हुन् ।

सभापति देउवासँगै कांग्रेसका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

कांग्रेसका नेताहरूले अध्यक्ष नेपालसँग राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्यूँताउने विषयमा छलफल गरेका छन् ।

अध्यक्ष नेपालसँगको भेटवार्तामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरू सहभागी थिए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा छलफल गरेका अध्यक्ष नेपालले सिधै कांग्रेस सभापति देउवा र नेताहरूसँग भेट गरेका छन् ।

Published : Thursday, 2023 February 23, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया