कांग्रेसलाई रोक्न ओलीद्वारा दुई नेताको नाम प्रस्ताव, जिल परे प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान दाहाल र ओलीबीच भेटवार्ता भएको हो । ओलीले राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिमा दुई नेताको नाम प्रस्ताव गरेको बुझिएको छ ।
स्रोतका अनुसार ओलीले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । नेम्वाङको पक्षमा राष्ट्रिय सहमति नबनेको अवस्थामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ओलीले अगाडि सारेका छन् ।
ओलीले नेम्वाङ वा नेपालको पक्षमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार बनाउन दाहालसँग प्रस्ताव गरेको बुझिएको छ ।
ओलीले अध्यक्ष नेपालको पक्षमा नेपाली कांग्रेस पनि सकारात्मक हुन सक्ने र सहयोग गर्न सक्ने कुरा पनि दाहाललाई सुनाएका छन् ।
नेपाली कांग्रेसलाई राष्ट्रपतिमा रोक्न दाहालले नयाँ जाल फालेका छन् । ओलीले कांग्रेसलाई हराउन र पुरानो गठबन्धन ब्यूँतिन नदिने रणनीति अगाडि बढाएका छन् ।
कांग्रेसले ओलीको जाललाई राम्रोसँग बुझेको छ । दाहाल र नेपालले पनि ओलीको योजना राम्रोसँग बुझेको हुनुपर्छ ।
शनिबार महाराजगञ्जस्थित एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको निवासमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।
नेपाललाई राष्ट्रपति बनाएर ओलीले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकीकरणको प्रस्ताव अगाडि राखेका छन् । दुई पार्टी एकीकरण भयो भने एमाले ठूलो दल हुनेछ । ओलीले त्यसपछि आफ्नो योजनाअनुसार सरकारमा चाल चल्नेछन् ।
ओलीले दाहालसँगको भेटमा सरकार बनाउने बेला भएको सहमतिलाई उल्लंघन गरेको भन्दै आक्रोश पनि पोखेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया