कम्युनिस्टले गर्न नसकेको काम देउवा सरकारको समयमा एक वर्षमै भयो : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रलाई लिएर चिन्ता जनाएका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै डा.महतले अर्थमन्त्रीले हालै संसदमा पेश गरिएको वार्षिक समीक्षामा कुनै भिजन नहरेको बताए । उनले जलाशययुक्त जलविद्युत् आयोजना बनाउन पनि आग्रह गरेका छन् ।
उनले भने, ‘अर्थमन्त्रीजीको मूल्यांकन, वर्षिक समीक्षा प्रस्तुत भयो । त्यहाँ कुनै भिजन छैन ।’
‘आउने चुनौतिहरूलाई वर्तमान चुनौतिहरूलाई कसरी सम्बोधन गर्ने ? त्यस विषयमा कुनै पनि दुरदृष्टि हामीले पाइरहेका छैनौँ’, डा.महतले भनेका छन् ।
‘विकासको मार्गचित्र कोरौं, देशको स्वार्थलाई सुनिश्चित गर्न एउटा निश्चित साझा दृष्टीकोण सार्वजनिक गरौँ’, उनले भने, ‘विपक्षी दल भए पनि कांग्रेसले साथ दिन्छ ।’
कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘२०७४ सालपछि लामो समयपछि शासन गर्ने भनेर कम्युनिस्ट पार्टी सत्तामा आएकै हो । कुरा ज्यादा भए, काम भए ।’
‘त्यस बेला गर्न नसकेको काम देउवाजीको एक वर्षको शासनकालमा खोपिने काम भयो’, डा.महतले भनेका छन् ।
उनले भने, ‘कोभिडको सारा व्यवस्थापनलाई समाप्त पारेर नागरिक जीवनलाई सहज बनाउने काम भयो । दुई वटा निर्वाचन भएका छन् ।’
‘विद्युत उत्पादनलाई व्यापक बनाउन जरुरी छ । कुकिङदेखि ट्रान्सपोर्टेशनलाई विद्युतमा आधारित गरेर अगाडि बढ्नुपर्नेछ’, उनले भनेका छन् ।
‘वर्षायाममा मात्रै विद्युत् उत्पादन बढेर मात्रै हुँदैन । अहिले साढे २४ सय मेगावाट विद्युत् उपत्पादन हुन थालेको छ’, डा.महतले भने, ‘यही वर्षभित्र ८ सय मेगावाट पूरा हुन्छ । त्यसपछि ३२ सय मेगावाट विद्युत् हुन्छ ।’
उनले भने, ‘हिउँदमा अहिले पनि झण्डै ६ सय मेगावाट विद्युत् अहिलेकै डिमाण्डलाई पूरा गर्न पनि कमी छ । वर्षातमा जति बिक्री गर्छौं त्यति नै हिउँदमा किनेर खर्च गर्नुपर्ने अवस्था छ ।’
‘हामीले जलाशययुक्त आयोजना बनाउनुपर्छ । हामीले बुढीगण्डकीको लागि मुआब्जा तिरिसकेका छौँ । त्यो आयोजना अगाडि बढाउन जरुरी छ । दुधकोशीलाई चाँडोभन्दा चाँडो अगाडि बढाउन जरुरी छ । जसले गर्दा हामी हिउँदमा पनि आत्मनिर्भर बन्न सकौं’, डा.महतले भनेका छन् ।
उनले भने, ‘नेपाल एयरलाईन्सको ४५ अर्बभन्दा ज्यादा ऋण छ । कर्मचारीको ठूलो संख्या छ । जथाभावी आफू खुसी राखिएको छ । त्यहाँको नेतृत्व त्यस्तै छ ।’
‘राज्यले घाटाभन्दा घाटा व्यहोरेर राख्ने । जनताले सेवा नपाउने’, उनले भने, ‘राज्यको पुँजीको सदुपयोग भएको छैन । ६ अर्ब चीनबाट जहाज किनिएको छ ।’
‘चीनको जहाज चलाउन नसकिने अवस्था छ । हचुवाको भरमा सरकारले निर्णय गरिरहेको छ’, उनले भने, ‘राजनीतिक नेतृत्व उत्तरदायी हुनुपर्छ । भ्रष्टाचार रोकिनुपर्छ । आर्थिक संकटमा जाँदै छौँ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया