बालकोटमा ओलीले बोलाए यी ठूला नेतालाई
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर छलफल गरेका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा बोलाएर ओलीले मंगलबार राति ठाकुरसँग परामर्श गरेका हुन् । ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भएको बुझिएको छ ।
ओलीसँग ठाकुरले आफूलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्न आग्रह गरेका छन् । ठाकुरले राष्ट्रिय सहमति गरेर आफूलाई राष्ट्रपति बनाइदिन आग्रह गरेको स्रोतको भनाइ छ ।
एमालेका अध्यक्ष ओलीले ठाकुरलाई राष्ट्रपतिमा स्वीकार गर्न सकिने तर, अरु दलहरूले के गर्छन् भनेर प्रश्न गरेका छन् ।
राष्ट्रपति बन्न ठाकुरले आफ्ना पार्टीका नेताहरूलाई लिएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए ।
ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा आफर गरेका छन् । ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न पनि सुझाव दिइसकेको समाचार बाहिर आएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया