बालकोटमा ओलीले बोलाए यी ठूला नेतालाई

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर छलफल गरेका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा बोलाएर ओलीले मंगलबार राति ठाकुरसँग परामर्श गरेका हुन् । ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर कुराकानी भएको बुझिएको छ ।

ओलीसँग ठाकुरले आफूलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्न आग्रह गरेका छन् । ठाकुरले राष्ट्रिय सहमति गरेर आफूलाई राष्ट्रपति बनाइदिन आग्रह गरेको स्रोतको भनाइ छ ।

एमालेका अध्यक्ष ओलीले ठाकुरलाई राष्ट्रपतिमा स्वीकार गर्न सकिने तर, अरु दलहरूले के गर्छन् भनेर प्रश्न गरेका छन् ।

राष्ट्रपति बन्न ठाकुरले आफ्ना पार्टीका नेताहरूलाई लिएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए ।

ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा आफर गरेका छन् । ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न पनि सुझाव दिइसकेको समाचार बाहिर आएका छन् ।

Published : Tuesday, 2023 February 21, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया