चीन समर्थक सापकोटा प्रधानमन्त्रीको सल्लाहकार नियुक्त, नेताको छोरा भएपछि अवसरै अवसर
काठमाडौं । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन् ।
सापकोटालाई मन्त्रिपरिषदको बैठकले दाहालको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । परराष्ट्र मामिला सल्लाहकार सापकोटाले बुधबार कार्यभार सम्हाल्नेछन् ।
सापकोटाले चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् । सापकोटालाई चीन निकट मानिन्छ । सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक थिए ।
सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
सन् २०१८ मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए ।
पूर्व सभामुख समेत रहेका माओवादी नेता सापकोटाको आग्रहमा प्रधानमन्त्री दाहालले उनका छोरालाई सल्लाहकारमा नियुक्त गरेको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया