बालुवाटारबाट खुसी हुँदै आए कांग्रेसका नेताहरू, प्रचण्ड पनि मख्ख
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले दाहालसँग भेट गरेर राष्ट्रपति निर्वाचनमा सहयोगका लागि आग्रह गरेका हुन् । देउवाको आग्रहपछि दाहालले पार्टीमा छलफल गरेर उपयुक्त जवाफ दिने आश्वासन दिएको एक नेताले बताएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुनेछ ।
कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार उठाउने जनाइसकेको छ । कांग्रेसले माओवादीले सहयोग गरोस् भन्ने चाहना राखेको छ ।
माओवादी केन्द्रले राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको चाहना राखेको छ ।
उता, एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपतिमा माओवादीले आफूलाई सहयोग गर्नुपर्ने बताउने गरेको छ ।
एमालेलाई राष्ट्रपति पदमा सहयोग गर्न प्रधानमन्त्री दाहाल अनिच्छुक छन् । हालकी राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान विपरितका कार्य गरेपछि एमालेप्रति सबै दलहरू सशंकित छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए ।
कांग्रेसका नेताहरू खुसी हुँदै बालुवाटारबाट बाहिरिएको एक नेताले बताएका छन् । प्रधानमन्त्री दाहाल पनि कांग्रेसका नेताहरूसँग मख्ख परेको बताइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया