सत्ताको उन्मादले मात्तिए एमालेका भ्रातृ संगठन, नेविसंघका अध्यक्ष र सचिवलाई कुटपिट, औकातमा बस्न थापाको चेतावनी

काठमाडौं । धनकुटामा एमाले निकटको अनेरास्ववियु, यूथ फोर्सको जत्थाले नेविसंघका इकाई सभापति र सचिवलाई निर्धात कुटपिट गरेको छ ।

फागुन ४ गते बिहीबार धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियु र यूथ फोर्सका नेता कार्यकर्ताले नेविसंघ इकाई सभाति सुवास भण्डारी र सचिव युवराज कार्कीमाथि निर्घात कुटपिट गरेका हुन् ।

चैत ५ गते हुन लागेको स्ववियुको निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनलाई नेविसंघले ध्यानाकर्षण गराउँदै नयाँ भर्ना र एउटै संकायमा दोहोरो भर्नाको विषयका कारण उत्पन्न विवादमा अनेरास्ववियु र यूथ फोर्सको जत्थाले क्रुरतापूर्ण तरिकाले हिंसात्मक रुपमा कुटपिट गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

थापाले प्रेस नोट जारी गरेर इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्कीमाथि निर्घात कुटपिट गर्नेहरूलाई कारबाही र घाइतको उपचारको माग गरेका छन् ।

उनले सत्ता र कुर्सीको दम्भ नदेखाउन तथा कांग्रेसलाई नधम्क्याउन, नतर्साउन सचेत गराएका छन् ।

‘कांग्रेस लोकतान्त्रिक विधि मान्यता र कानूनी राज्यको पक्षमा छ रहेकोले दोषीलाई तुरुन्त कानूनको परिधिभित्र ल्याइ कार्वाही गर्न माग गर्दछु’, नेता थापाले भनेका छन्, ‘अन्यथा यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको भागेदार सरकार र एमाले रहने जानकारी गराउँदछु ।’

Published : Saturday, 2023 February 18, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया