सभापति देउवाद्वारा शिवरात्रिका अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवरात्रि पर्वका अवसरमा शुभकामना दिएका छन् ।

शनिबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर हिन्दू धर्मालम्बीहरूलाई हर्सोल्लासका साथ महाशिवरात्रि पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो । यसमध्ये हिन्दु धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्वपूर्ण र पवित्र पर्व हो ।’

‘प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ’, देउवाले भने, ‘हाम्रा यी सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन् ।’

‘यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन्’, सभापति देउवाले भनेका छन् ।

‘महाशिवरात्रिको यस अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्पmबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2023 February 18, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया