एमाले सडकमा पुग्ने भएपछि चीनलाई तनाब, बालकोट छिरे बेइजिङका दूत चेन संग
काठमाडौं । एमाले र माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धन भत्किने संघारमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूत चेन संगले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार भक्तपुरको बालकोटस्थित निवासमा चेनले ओलीसँग भेट गरेका हुन् । भेटमा नेपाल र चीनको सम्बन्ध तथा नेपालका राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।
ओलीलाई राजदूत चेनले माओवादीसँगको गठबन्धन बचाउन सुझाव दिएको एमालेका एक नेताले बताएका छन् ।
चीनले एमाले र माओवादीलाई मिलेर सरकार चलाउन दवाव दिएको चर्चा छ ।
ओलीसँग शुक्रबार नै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका थिए । ओली र दाहालबीच भेट भएको केही समयपछि ओलीलाई चिनियाँ राजदूत चेनले भेट गरेका हुन् ।
नेपालको आन्तरिक राजनीतिलाई चीनले हस्तक्षेप गर्दै आएको छ । चीनको पछिल्ला गतिविधिहरू निकै आलोचित छन् ।
नेपालसँगको उत्तरी नाकाहरू बन्द गरिदिएर नेपालमाथि अघोषित नाकाबन्द लगाउँदै आएको चीनले राजनीतिक दवाव बढाउँदै लगेको छ ।
तातोपानी नाका खोल्न चीनले मानेको छैन । रसुवाको नाका पनि चीनले केही दिन खोलेर बन्द गरिदिएको छ ।
चीनले नेपाललाई मिटर व्याजमा ऋण दिएर हैरान बनाएको छ । चीनको मिटर व्याजको ऋणका कारण कुनै पनि बेला नेपाललाई समस्या पर्न सक्छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया