भण्डारीलाई थप उपचार गर्न मुम्बई पठाइयो, कांग्रेसद्वारा स्वास्थ्य लाभको कामना
काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ ।
बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरेर नेता भण्डारीको स्वास्थ्य लाभको कामना गरेको हो । भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई एयर एम्बुलेन्समार्फत लगिएको छ ।
सांसद भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा उपचार सम्भव नभएकोले चिकित्सकको सिफारिश बमोजिम थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत् भारतको मुम्बईस्थित नेशनल वर्नस् सेन्टरमा लगिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले नेता भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बुधबार राति खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकला भण्डारीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया