कांग्रेसका सांसद चन्द्र भण्डारी जलेर घाइते, बर्न अस्पतालमा भर्ना
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारी खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा घाइते भएका छन् ।
बुधबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा खाना पकाउने क्रममा ग्यास पड्किएर दुर्घटना भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीको शरीर २५ प्रतिशत जलेको आफन्तले जनाएका छन् । नेता भण्डारीका आमाको शरीर ७० प्रतिशत जलेको आफन्तहरूले जनाएका छन् ।
घाइते नेता भण्डारी र उनकी आमाको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।
शर्माले भनेका छन्, ‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ वर्षीया माताको कीर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ । अस्पतालबाट भर्खर फर्किएको छु । ममतामयी माता र आदरणीय चन्द्रझदाइ दुवैको शीघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया