काठमाडौंमा उपद्रो मच्चाउनेहरूलाई ४८ घण्टाभित्र पक्राउ, एसएसपी कार्कीले अरुलाई पनि ठेगान लगाउने
काठमाडौं । काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा भएको लुटपाट र हिंसात्मक कार्य गरेर उपद्राे मच्चाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १ गते बेलुकी करीव ६ बजेको समयमा नयाँ बसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनु पर्ने, माईक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरूले आन्दोलन गरेका थिए । उपद्राे मच्चाउनेहरूलाई काठमाडाै जिल्ला प्रहरी परिसर टेकुका प्रमुख (एसएसपी) दानबहादुर कार्कीकाे नेतृत्वमा ४८ घण्टाभित्र उपद्रो मचउने अभियुक्तहरूलाई पक्राउ गरिएको छ । फरार रहेका बाँकी उपद्रोकारीहरूलाई प्रहरीले खोजतलास जारी राखेको छ ।
आन्दोलनले उग्ररुप लिन गई नजिकै रहेको लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाईल प्रा.लि., डायमण्ड मोबाईल प्रा.लि. तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रा.लि.मा तोडफोड गरी मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरू चोरी भएको थियो ।
तत्कालै प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्का लगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गरेको थियो ।
अनुसन्धान सुरू गरिएकोमा फागुन १ गतेको घटनामा संलग्न व्यक्तिहरूलाई दशीको सामानहरूसहित नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) कार्कीले बताएका छन् ।
पक्राउ पर्नेमा दैलेखको भगवती ३ घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नवीन खड्गी, रुपन्देहीको खैरेनी ५ स्थायी वतन भई हाल काठमाडौं २६ बस्ने वर्ष २२ का सुजन खत्री रहेको एसएसपी कार्कीले बताएका छन् ।
झापाको शिवसताक्षी ४ स्थायी वतन भई हाल काठमाडौंको स्वयम्भु बस्ने वर्ष १८ का प्रदीप बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूसँग कालो रंगको डिजिटल घडी थान–१, घडीको चार्जर थान–१, एयरफोन थान–२, मल्टिप्लग थान–१, अगरबत्ती बाल्ने धुप–१ प्याकेट, बट्टा सहितको स्क्रिन टच मोबाईल थान–१ पनि प्रहरीले बरामद गरेको छ ।

उनीहरूसँग ४ हजार बराबरको रिचार्ज कार्ड, बट्टासहितको स्क्रिन टच मोबाईल थान–१, चार्जर थान– १ पनि बरामद भएको छ ।
उनीहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै घटनामा संलग्न अन्य संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भई रहेको एसएसपी कार्कीले बताएका छन् ।
त्यसैगरी, प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनी गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
माघ १ गते करीव ४ बजेर ५० बजेको समयमा माछापोखरी चोकस्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १०(दश) वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजु सवारी साधन अगजनी गरी पूर्ण क्षति भएको छ ।
आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्करपियो गाडी, बा १ झ ७२२४ नम्बरको माज्दा गाडी, गाडीभित्र रहेको मोटोरेला वेस सेट थान–१, फायर स्ट्रिङ्गुईजर थान–१, मेगा फोन थान–१ लगाएतका जिन्सि सामनहरू पूर्ण रुपमा जलि नष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
बा १ झ ७२२४ नम्बरको माज्दा गाडीभित्र रहेको हाईटेरा वेस सेट थान–१, फायर स्ट्रिङ्गुईजर थान–१, मेगाफोन थान–१ समेत जली पूर्ण रुपमा नष्ट भएको छ ।
माछापोखरी प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी गर्दा सो विट र विटभित्र रहेको हाईटेरा ह्याण्ड सेट चार्जर थान–२, व्याट्री थान–२ पूर्ण रुपले जली नष्ट पुगेको छ । सोही स्थानमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गर्दा उक्त ट्राफिक आईल्याण्ड र सोही स्थानमा रहेको नेपाल टेलिकमको सामग्रीहरू समेत पूर्ण रुपमा जली नष्ट भएको छ ।
उक्त वारदातमा संलग्न हुने व्यक्तिहरूको विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरिएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा फागुन २ गते काठमाडौंको बालाजु माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरूलाई कानून बमोजिम पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा उदयपुरको बलमता २ घर भई हाल काठमाडौंको तार्केश्वर १०, मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोटको पञ्चकन्या ३ घर भई हाल काठमाडौंको बानियाटार बस्ने रामहरि भण्डारीलाई पक्राउ गरिएको छ ।
लमजुङको वेशीशहर ५ घर भई हाल तार्केश्वर १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलान्चोकको मानेडाँडा काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३१ का राजेश तामाङ, प्यूठानको कडी १ घर भई हाल गोंगवु बस्ने वर्ष १८ को दीपेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काभ्रेपलान्चोकको भुम्लु २ घर भई हाल गंगाहल बस्ने वर्ष २० का आशिष खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
साथै वारदातमा संलग्न संदिग्ध ९/१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी कार्कीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया