पूर्वगृहमन्त्री खाण र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनय क्वात्रा र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

क्वात्रा र खाणबीच काठमाडौंमा भएको भेटमा दुई देशको आपशी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

खाणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।

पूर्वगृहमन्त्री खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरेका छन् ।

खाणले क्वात्रासँग थप हवाइ रुट दिन पहल गरिदिन पनि आग्रह गरेका छन् । मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाइ रुटबारे पहल गर्ने आश्वासन दिएका थिए । खाणले त्यसबारे पुनः मोदीलाई सम्झाउन र पहल गर्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2023 February 14, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया