दुर्गा प्रसाइँले बनाए निजी बैंक, लघु वित्त र सहकारीका हाकिमलाई कालोमोसो दल्न दस्ता
काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँले चर्को व्याज लिने निजी बैंक, लघु वित्त र सहकारीहरूका हाकिमहरूलाई कालो मोसो दल्न आग्रह गरेका छन् ।
झापामा सोमबार आयोजित विशेष कार्यक्रममा प्रसाइँले चर्को व्याज लिएर जनतालाई घरबार बिहीन बनाउने निजी बैंक, लघु वित्त र सहकारीहरूलाई लखेट्नुपर्ने बताए । उनले निजी बैंक, सहकारी र लघु वित्तहरूलाई सरकारीकरण गर्न आग्रह गरेका छन् ।
मेडिकल व्यवसायी प्रसाइँले घर–घरमा पैसा उठाउन आउने बैंक, लघु वित्त र सहकारीका कर्मचारीलाई कालोमोसो दलेर लखेट्न अपील गरे । उनले कालोमोसो दल्नका लागि आफूले युवाहरूको दस्ता बनाएको बताएका छन् ।
व्यवसायी प्रसाइँले २० लाखभन्दा तलको ऋण मिनाह गर्न माग गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई निजी बैंक वा रेमिटेन्सहरूबाट पैसा नपठाउन अपील गरेका छन् । उनले सरकारी बैंकबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गरेका छन् ।
निजी बैंक, वित्तीय संस्था र सहकारीका विरुद्ध आफूले अभियान चलाउँदा धम्की आएको बताएका छन् । उनले निजी बैंक र २० वटा लुटेर व्यापारीहरू तथा लघु वित्त, सहकारीहरूका विरुद्ध आफूले देशभरि आन्दोलन गर्न लागेको पनि बताएका छन् ।
उनले चर्को व्याज लिने बैंक, लघु वित्त र सहकारीहरूविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको पनि घोषणा गरेका छन् ।
व्यवसायी पौडेलले देशमा स्वास्थ्य, रोजगारी र शिक्षा सिध्याउने मान्छे भनेको कनकमणि दीक्षित रहेको बताएका छन् । उनले कनकमणि दीक्षितलाई कुख्यात अपराधी भनेका छन् । उनले केदारभक्त माथेमा, सुशीला कार्की, कल्याण श्रेष्ठ, सञ्जीव उप्रेती, युग पाठक, खगेन्द्र संग्रौला, नारायण वाग्लेहरू सबै युरोपियन युनियनका पास्टर रहेको बताए ।
राजेन्द्र लिङ्देनको पार्टी राप्रपामा रहेका रविन्द्र मिश्र पनि कुख्यात अपराधी रहेको उनले बताए ।
उनीहरूले गोविन्द केसी जन्माएको बताउँदै शिक्षा र स्वास्थ्यका नाममा सबै फ्रि भनेर आज देशमा भएको सबै नर्सिङ कलेजहरू बन्द गराएको बताए । उनले अबको केही दिनमा फिलिपिन्सबाट नर्स ल्याउनुपर्ने बताए । कुख्यात अपराधीहरूका कारण देशमा नर्स पाइन छाडेको बताएका छन् । उनीहरूका कारण मेडिकल डाक्टर पढ्न नपाइने अवस्था गराएको बताएका छन् ।
उनीहरूकै कारण मुलुकमा टेन प्लस टुभन्दा माथि पढ्नै नपाइने अवस्था रहेको व्यवसायी प्रसाइँले बताएका छन् ।
व्यवसायी प्रसाइँले चर्को व्याजका विरुद्ध पसलहरू बन्द गर्न पनि आह्वान गरेका छन् । उनले जनताले नै जनता चर्को व्याज लिने बैंक र वित्तीय संस्थाहरूलाई ठेगान लगाउनुपर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया