काठमाडौंमा लोत्सेका गुण्डाहरूको आतंक निकै बड्यो, कुटपिट गरेपछि ठूलो आन्दोलन
काठमाडौं । यातायात व्यवसायी र मजदुरहरूले शान्तिपूर्ण रुपमा आन्दोलन गरेका बेला ल्होत्से बहुउद्देश्यीय प्रालिका ‘गुण्डा’हरूले आक्रमण गरेपछि ठूलो क्षति भएको छ ।
सोमबार काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कभित्र शान्तिपूर्ण रुपमा कोण सभा गर्न गएका यातायात व्यवसायी र यातायात मजदुरहरूलाई लोत्सेले पालेर राखेका गुण्डाहरूले आक्रमण गरेका थिए । चुल्ठे, मुन्द्रेहरूले यातायात मजदुर र यातायात व्यवसायीहरूलाई आक्रमण गरेर घाइते बनाएपछि स्थितिले उग्ररुप लिएको थियो ।
लोत्सेका गुण्डाहरूलाई कारबाहीको माग गरेर यातायात व्यवसायी र मजदुरहरूले दिनभरि गंगबु बसपार्क आसपासको क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले केही सवारी साधनमा आगजनी समेत गरेका छन् । झडपमा केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।
यातायात व्यवसायी र मजदुरहरूले यातायातको क्षेत्रमा देखिएको समस्याहरू पार्किङ, ट्राफिकले जथाभावी लिने जरिवाना, करीव १ हजार चालक अनमती पत्र खारेज गर्ने ट्राफिक र यातायात व्यवस्था विभागको निर्णय खारेज लगायतका माग राखेर सोमबार शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न खोजेका थिए ।
ल्होत्से बहुउद्देश्यीय प्रालिले लामो समयदेखि नयाँ बसपार्कभित्र आफू खुसी गर्दै आएको छ । यात्रुलाई सुविधान दिन पनि सकेको छैन । यातायात व्यवसायी र मजदुरलाई दुःख दिएर हैरान बनाएको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिले गुण्डा पालेर राखेको छ । ती गुण्डाहरू परिचालन गरेर आफ्ना विरोधीहरूलाई ठेगान लगाउने गरेको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिलाई प्रहरी, प्रशासन, राजनीतिक संरक्षण छ । लोत्सेको दादागिरीका बारेमा सबैलाई थाहा छ । तर, कारबाही र अनुगमन कतैबाट हुँदैन ।
लोत्सेको दादागिरी, राज्यको निकम्मापना र ट्राफिकको ज्यादतीविरुद्ध मंगलबार यातायात व्यवसायीहरूले काठमाडौं उपत्यकामा हड्ताल गरेका छन् । आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी लोत्सेले लिनुपर्ने यातायात मजुर र व्यवसायीहरूको माग छ ।
लोत्सेका गुण्डाहरूले बसपार्क आसपासका पसलहरूमा प्रवेश गरेर लुटपाट र तोडफोड गरेको आरोप छ ।
यसैबीच, सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीहरूले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।
आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरूलाई ल्होत्सेका कर्मचारी र गुण्डाहरूले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरूको आरोप छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ ।
यातायात मजदुरहरूले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।
सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया