कथित जनयुद्ध दिवसका नाममा विदा दिने प्रचण्डलाई डा.भीमार्जुन आचार्यले नाङ्गेझार बनाए

काठमाडौं । अधिवक्ता तथा संविधानविद् डा.भीमार्जुन आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कथित जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिएकोमा विरोध गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत डा.आचार्यले प्रचण्डले कार्यकारी शक्तिको अधिक दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनलेभने, ‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग र स्वेच्छाचारी काम भयो ।’

‘सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन’, डा.आचार्यले भनेका छन् ।

‘अब द्वन्द्वपीडितले न्याय पाउछन भन्ने पनि केही रहेन’, उनले भने, ‘यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन् ? त्यो जान्न मन लाग्यो !’

‘एउटा नेपालीले अर्को नेपाली विरुद्ध गरेको लडाइँलाई दिवस मानी सार्वजनिक विदा दिने यो सरकारले हामीलाई एकतामा बाँध्ने दशैं तिहार जस्ता महान चाडको विदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।’

कम्युनिस्ट प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषदबाट कथित जनयुद्ध दिवसको नाममा सोमबार देशभरि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

दाहालको यो निर्णयको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ ।

Published : Sunday, 2023 February 12, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया