चितवन २ मा उप–निर्वाचन हुने, रवि उम्मेदवार बन्न पाउँछन् ? निकिताको पनि चर्चा
काठमाडौं । निर्वाचन आयोगको चितवन क्षेत्र नं. २ को उप–निर्वाचन वैशाखमा गर्ने निर्णय गरेको छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमा बसेको बैठकले २०८० सालको वैशाख १० गते प्रतिनिधि सभातर्फ उप–निर्वाचन गर्ने निर्णय भएको सह–सचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उप–निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ’, प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९–१०–१३ गते आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९–१०–१९ को पत्रबाट रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।
आयोगले भनेको छ, ‘नेपालको संविधानको धारा ८४ को उप–धारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उप–निर्वाचनको मिति तोकेको हो ।’
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आइतबार स्वीकृत गरेको उप–निर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।
‘उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ’, आयोगले भनेको छ ।
अमेरिकन नागरिक रवि लामिछानेले तत्कालीन समयमा पेस गरेको नागरिकतामा आयोगले लापरबाही गरेर उम्मेदवारी कायम राख्दा राज्यलाई करोडौं रुपियाँ नोक्सानी भएको छ ।
लामिछानेले पुरानो नेपाली नागरिकता कीर्ते अर्थात प्रयोग गरेका सर्वोच्च अदालतले उनलाई सांसदसहितका सबै पदबाट अयोग्य ठहराइदिएको छ ।
लामिछानेले सोही नागरिकता प्रयोग गरेर राहदानी लिएका छन् । उनले झुठ्ठा विवरण पेश गरेर राहदानी लिएका कारण राहदानी दुरुपयोग काण्डमा जेलसम्म जान सक्छन् ।
यस्तो अवस्थामा लामिछानेले पुनः चितवन २ मा उम्मेदवार बन्छन् वा के गर्छन् ? हेर्न बाँकी छ । हुन त् लामिछानेले चितवन २ मा आफ्नी पत्नी निकिता पौडेललाई उम्मेदवार बनाउने चर्चा पनि छ ।
तर, लामिछानेले पत्नीलाई सांसदको टिकट दिएर उम्मेदवार बनाउने विषय औपचारिक रुपमा केही भनेका छैनन् । निकिताको पनि कुनै प्रतिक्रिया आएका छैनन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया