आरजु राणाले आफ्ना पूर्व पिएलाई मन्त्री बनाइन्
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद आरजु राणाले आफ्ना पूर्व स्वकीय सचिव (पिए) प्रकाशबहादुर देउवालाई मन्त्री बनाएकी छिन् ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाशबहादुर देउवालाई राणाले मन्त्री बनाउन दवाव दिएकी हुन् । राणाको दवावपछि प्रकाशबहादुर देउवा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् ।
राणाले प्रकाशबहादुर देउवालाई टिकट दिएर प्रदेश सभामा प्रतिस्पर्धा गर्न पठाएकी थिइन् । प्रकाशबहादुर देउवाले कैलाली–५ (२) बाट जितेका थिए ।
प्रकाशबहादुर देउवा २०४० साल भदौ ५ गते कन्चनपुरको कृष्णपुरमा जन्मेका हुन् । उनका बुबाबो नाम ललितबहादुर देउवा हो । उनकी आमाको मोतीदेवी देउवा हो ।
प्रकाशबहादुर देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाका भतिजा पनि हुन् । प्रकाशबहादुर देउवा लामो समय कांग्रेस नेतृ राणाको सचिवालयमा रहेर काम गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया