सीके राउतले आफ्नै दाइलाई आयोगको सदस्य बनाए
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्ना दाइ डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका छन् ।
जनमत पार्टीको सिफारिसमा डा.जयकान्तराउत आयोगको सदस्य बनेका हुन् ।
बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.जयकान्त राउतलाई आयोगको सदस्यमा नियुक्त गरेका छन् ।
डा.जयकान्त राउत नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत हुन् ।
उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।
डा.जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–२ बाट निर्वाचन लडेका थिए । उनी पराजित भएका थिए ।
डा.सीके राउतले आफ्नै दाइलाई आयोगको सदस्य बनाएर अवसर दिएपछि जनमत पार्टीभित्र विरोध भएको छ ।
केही नेताहरूले डा.सीके राउतलाई उपेन्द्र यादव, महन्थ ठाकुर, प्रभु साह जस्तै अवसरवादीको आरोप लगाएका छन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया