प्रचण्डले देउवाको साथ खोजे, ओली पनि पुगे भेट्न

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिदै गएका बेला माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारमा दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रयास स्वरुप तीन शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिमा एमालेले दाबी गरिरहेको छ । नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रले राष्ट्रय सहमति गरेर राष्ट्रपति बनाउनुपर्ने अडानमा छ । सहमति खोज्ने प्रयास स्वरुप प्रधानमन्त्री दाहालले राजनीतिक परामर्श थालेका हुन् ।

Published : Monday, 2023 February 6, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया