संसदभित्रै ज्ञानबहादुर शाहीले शक्ति बस्नेत र रघुजी पन्तको सातो लिए
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा हिन्दूधर्म र संघीयताको विषयमा बबण्डर भएको छ ।
एमालेका सांसद रघुजी पन्तले हिन्दु धर्मका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले विरोध गरेका थिए ।
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संघीताको विरुद्ध र राजसंस्था ल्याउन केही तत्व लागेको भनेर अभिव्यक्ति दिएपछि राप्रपाका सांसद शाहीले आपत्ति जनाएका हुन् ।
केही समय राप्रपाका शाही, माओवादीका बस्नेत र एमालेका पन्तबीच घम्साघम्सी भएको थियो ।
उनीहरूबीच आरोप प्रत्यारोप चलेपछि संसदमा तरंग उत्पन्न भएको छ ।
सभामुखसँग समय मागेर माओवादीका बस्नेत र एमालेका पन्तले जवाफ फर्काउन खोजेका थिए । तर, समय पाएनन् ।
राप्रपा, माओवादी केन्द्र र एमाले सत्तारुढ दलका हुन् । उनीहरूबीच तालमेल र र कुरा नमिले पनि राज्यशक्ति हत्याउन स्वार्थका लागि मिलेका छन् ।
उनीहरू बाहिरी रुपमा मिले पनि संसदमा झगडा गरेर उद्देश्यबारे स्पष्ट भएका छन् ।
संसदमा राप्रपाका सांसद धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् ।
उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन् ।
राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।
‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं । यो कुरा संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ’, उनले भने ।
आफूहरूलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताएका छन् ।
एमाले सांसद पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरूको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए ।
कानूनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै पन्तले भने, ‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो होइन ।’
पन्तले धर्मको नाममा राजीनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको बताए । उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताएका छन् ।
मन्त्री भएर क्याबिनेटमा राय बझाउन थाल्छौं भने यसले देशलाई कुन बाटोमा लैजाने हो भन्ने भ्रम उत्पन्न हुने भन्दै एमाले सांसद पन्तले बताएका छन् । उनले भने, ‘राप्रपाको आफ्नो विचार होला, त्यो दलले आफ्ना कुरा भन्न सक्छ, सांसदहरुले भन्न सक्छन्, तर मन्त्री भएर यसरी संविधानको वर्खिलापमा बोल्नु संविधान विपरीत हो ।’
माओवादीका सांसद बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए । उनले अघि भनेका छन्, ‘यस्ता गल्ती आगामी दिन नहुन् ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया