शेखर समूहका सभापति पुनका कारण लुम्बिनी कांग्रेसमा बबाल, गुटबाटै राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रुपमा विभागको प्रमुख पदमा मनोनयन गरेका छन् ।

सभापति पुनले पुस १५ गते विज्ञप्ति जारी गरेर २१ वटा विभागको प्रमुखहरू मनोनीत गरेका हुन् ।

नेता शेखर कोइराला निकट मानिने सभापति पुनले सभापति शेरबहादुर देउवालाई विभागमा पेलेर लगेका छन् । सभापति पुनले लुम्बिनी कांग्रेसभित्र निकै अहँकारी र निरंकुश शैलीमा काम गरेको भन्दै आफ्नै गुटभित्र विरोध भइरहेको छ । सभापति पुनले आफ्ना विरोधी र आलोचकहरूलाई निकै पेलेर लगेका छन् ।

सभापति पुनले आफ्नै गुटभित्र पनि मिलाउन सकेका छैनन् । सभापति पुन निकट मानिने सदस्य मोती भण्डारीले विभागहरूको प्रमुखमा मनोनयन गरिएको विषयमा सार्वजनिक रुपमा विरोध गरेका छन् ।

लुम्बिनी कांग्रेसका कार्यसमिति सदस्य भण्डाले भनेका छन्, ‘लोकतान्त्रिक मूल्य मान्यता र पार्टीको बिधान, हित बिपरित निन्दनीय कार्यको आपत्ति व्यक्त गर्दछु ।’

‘नेपाली कांग्रेस पार्टीको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श र बिधानलाई लत्याउँदै गरिएको बिक्री वितरणको शैलीले भबिष्यमा संघीयता र लोकतान्त्रिक गणतन्त्र खतरामा पार्ने निश्चित छ’, भण्डारीले भनेका छन्, ‘यस्ता अपराधिक क्रियाकलाप तत्काल बन्द गरि बरु पार्टीलाई जिताउन पनि नसकेको र निर्वाचनमा आफू पनि पराजित भएकोले नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्न जोडदार माग गर्दछु ।’

भण्डारीले भनेका छन्, ‘लुम्बिनी प्रदेशमा अमरसिंह पुनले संघीयताको, मर्म, भावना बिपरित पदीय दुरुपयोग गरेकोले अब संघीयता खारेजीको आन्दोलनमा लाग्ने परिस्थिति बन्यो । अब कांग्रेसले संघीयता खारेजीको आन्दोलन गर्नुपर्ने भयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीलाई जङ्गबहादुर शैलीमा बिना छलफल बिना सल्लाह प्रदेश बिभाग गठन गरेका छन् ।’

भण्डारीले भनेका छन्, ‘विभागीय जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक हार्दिक बधाइ भन्न चाहान्छु ।’ सभापति पुनले संगठन विभागको प्रमुखमा प्यूठानका सुवास केसीलाई मनोनयन गरेका छन् ।

पाल्पाका महेन्द्रप्रसाद पाण्डेलाई प्रदेश कानून तथा संसदीय मामिला विभाग, प्यूठानका अमरप्रसाद भण्डारीलाई प्रदेश तथा स्थानीय निकाय विभाग, दाङका प्रचण्डबिक्रम न्यौपानेलाई सूचना, सञ्चार तथा प्रसाद विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

नवलपरासीका विश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभागको प्रमुख, प्यूठानका सुवास केसीलाई भाषा, सहित्य, कला तथा सांस्कृतिक विभागको प्रमुखमा सभापति पुनले मनोनयन गरेका छन् ।

अर्घाखाँचीका डा.जयबहादुर टण्डनलाई शिक्षा, विज्ञान तथा प्रविधि विभाग, बाँकेकी अन्जना पाण्डेलाई स्वास्थ्य विभाग, कपिलवस्तुका रविन्द्रनाथ ठाकुरलाई गैर सरकारी संस्था एवम् सामाजिक सेवा विभाग, दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

रुपन्देहीका दीर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभाग, कपिलवस्तुका बिक्रमसिंह थापालाई शान्ति, सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई अन्य पार्टी सम्पर्क विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसाय विभाग, अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीलाकुमारी पौडेललाई सहकारी विभाग, बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा विपद् व्यवस्थापन विभाग, गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाती समन्वय विभाग र रोल्पाकी पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुखमा सभापति पुनले मनोनयन गरेका छन् ।

Published : Tuesday, 2023 January 31, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया