बिहीबार राति १ बजे लामिछाने बालकोट छिरेका थिए, त्यसपछि धमाधम फोन

काठमाडौं । तत्कालीन अमेरिकन नागरिक रवि लामिछानेको नागरिकता विवादको अन्तिम फैसला हुनुभन्दा एक रात अगाडि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटमा गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।

शुक्रबारको दिन नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकतालाई खारेज गरिदिएको थियो ।

अमेरिकन नागरिक लामिछानेले पुरानो नागरिकतालाई दुरुपयोग गरेर राहदानी लिनेदेखि सरकारी कामकाजमा प्रयोग गरेका थिए । लामिछानेले आफ्नी पत्नी निकिता पौडेलसँग पुरानो नागरिकता देखाएर विवाह दर्ता गराएका छन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुरानै अबैध नागरिकता देखाएर दर्ता गराएका छन् ।

लामिछानेको पार्टी नै अबैध छ । उनका सबै २० जना सांसद पनि अबैध भइसकेका छन् । तर, उनीहरू सरकारी सुविधा र मन्त्री बनेर राज्यको दोहन गरिरहेका छन् ।

लामिछानेले सरकारको उप–प्रधान तथा गृहमन्त्री बनेर जनतालाई ठगेका छन् । ढाँटेका छन् ।

सर्वोच्च अदालतबाट नागरिकता दुरुपयोग काण्डमा पराजित हुने देखेका लामिछाने बिहीबार राति करीव १ बजे बालकोट पुगेका थिए ।

लामिछानेको गाडी मध्य राति १ बजे ओलीको निवासमा छिरेपछि आसपासका मानिसहरू कुनै ठूलो घटना हुन लाग्यो भनेर अनुमान गरेका थिए । नभन्दै अर्को दिन सर्वोच्च अदालतले लामिछानेको नागरिकतासहित सबै पद खारेज गरिदियो ।
राति १ बजे ओली र लामिछानेबीच करीव १ घण्टा गोप्य कुराकानी भएको थियो ।

स्रोतका अनुसार लामिछानेले एमालेका अध्यक्ष ओलीलाई आफ्नो मुद्धा केही दिनका लागि पछाडि सारिदिन आग्रह गरेका थिए । ओलीले लामिछानेको आग्रहअनुसार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पनि फोन गरेका थिए ।

तर, न्यायाधीशहरूले ओलीको आग्रहलाई मानेनन् । किन भने लामिछानेको नागरिकता प्रकरण सिधै संवैधानिक रुपमा गलत थियो । लामिछानेलाई बचाउने वा उन्मुक्ति दिने नाममा न्यायाप्रणाली ध्वस्त हुने थियो । जनताको भरोसा न्यायपालिकाबाट उठ्ने थियो ।

लामिछानेको सबै पद गुमेपछि ओलीले पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएर लामिछानेलाई ६ महिनाका लागि उप–प्रधान तथा गृहमन्त्री बनाउन दवाव दिइरहेका छन् । उप–निर्वाचनपछि जितेर आउनेवित्तिकै सो पदमा कायम रहने भनेर ओली र लामिछानेले प्रधानमन्त्री दाहाललाई दवाव दिइरहेका छन् ।

प्रधानमन्त्री दाहालले अहिले नै लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छैनन् । बद्नाम भएका लामिछानेलाई मन्त्री बनाउँदा झन् समस्या हुने दाहालको बुझाइ छ ।

Published : Tuesday, 2023 January 31, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया