दाङ कांग्रेसको चाहना : शीर्ष नेता मिलेको हेर्न चाहन्छाैं

काठमाडौं । नेपाली कांग्रेस दाङले शीर्ष नेताहरूलाई व्यक्तिगत स्वार्थ परित्याग गरेर पार्टीलाई एकजुट बनाउन आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलका उपनेता एवम् केन्द्रीय सदस्य विजयकुमार गच्छदारसँग सोमबार काठमाडौंको मण्डिखाटारस्थित निवासमा भेट गरेर दाङ कांग्रेसले शीर्ष नेताहरू मिलेको हेर्न देशभरिका नेता र कार्यकर्ताले चाहेको बताएका हुन् ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले नेता गच्छदारलाई विभिन्न गुटमा रहेका नेताहरूको कार्यशैलीबाट कार्यकर्ताको मन दुखेको बताएका थिए । सभापति खड्काले विभिन्न गुट उपगुटमा रहेका शीर्ष नेताहरू मिलेरको सन्देश छिटोभन्दा छिटो कार्यकर्ताले सुन्न चहको सुझाव नेता गच्छदारलाई दिएको बताए ।

सो भेटवार्ताका क्रममा नेता गच्छदारले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन सबैको सहयोग र पहल हुनुपर्ने बताएका थिए । उनले शीर्ष नेताहरूलाई मिल्नका लागि कार्यकर्ताहरूको दवाव आवश्यक पर्ने बताए ।

‘कांग्रेस प्राविधिक रुपमा अहिले कमजोर भएको छ’, दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डले नेता गच्छदारको भनाइ उदृत गर्दै भने, ‘कांग्रेसलाई जनताको माया छ । त्यो मायालाई अझै नजिक कसरी ल्याउने हो त्यसबारेमा उहाँ (गच्छदार)ले पहल गर्न निर्देशन दिनुभएको छ ।’

नेता गच्छदारले कांग्रेस गुटको राजनीतिले आक्रान्त भएको बताएका थिए । ‘म कुनै गुटको होइन । गुटलाई विश्वास पनि गर्दिन’, गच्छदारले भने, ‘मेरो पहल भनेको सबै नेताहरूलाई एक ठाउँमा ल्याएर कांग्रेस बलियो बनाउन हुनेछ ।’

यसअघि दाङ कांग्रेसको टोलीले महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूलाई भेटेको थियो । सभापति शेरबहादुर देउवासँग भेट्ने प्रयास गरे पनि समय अभावका कारण सोमबार भेट हुन नसकेको दाङ कांग्रेसका सभापति खड्काले जानकारी दिए । यो टोलीले मंगलबार सभापति देउवासहितका नेताहरूललाई भेट्ने सूची तयार पारेको छ ।

नेता गच्छदारलाई भेट्न पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगी, नेपाल महिला संघकी केन्द्रीय सदस्य लक्ष्मी थापा न्यौपानेसहितका एक दर्जन नेताहरू पुगेका थिए ।

Published : Monday, 2018 June 25, 7:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया