काठमाडौं आउनुपर्ने ठूलो जहाज अर्कैतिर पुग्यो, यात्रु डराएर थरथर

काठमाडौं । काठमाडौं अवतरण गर्नुपर्ने श्री एयरलाईन्सको जहाज झापा पुगेको छ ।

शुक्रबार बिहान मौसमको खराबीका कारण जहाज झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

खचाखच यात्रु बोकेर बिहान साढे ७ जहाज नेपालगञ्जबाट काठमाडौंका लागि उडेको थियो । काठमाडौं अवतरण गर्नुपर्ने जहाज झापातिर हानिएपछि यात्रु डरले त्रसित बनेका छन् ।

जहाज चन्द्रगढी विमानस्थल सकुशल अबतरण गरेको यात्रु मदनकुमार गौतमले फेसबुकमा लेखेका छन् । उनले जहाजभित्र यात्रुहरू बसेको तस्वीर पनि फेसबुकमा राखेका छन् ।

ईन्जिनियर समेत रहेका गौतमले लेखेका छन्, ‘नेपालगञ्जलाई उड भनेर अनुमति दिने काठमाडौं विमानस्थलको लापरबाही यतिसम्मछ कि सुधार्ने कसले हो ?’

बिहान ०७:२५ मा बजे उडेको जहाज ०९:६ मा ल्याण्ड गरेको गौतमले बताएका छन् ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा जहाज चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो ।

मौसम सफा भएपछि जहाजलाई चन्द्रगढीबाट काठमाडौं फर्काइनेछ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडानहरू प्रभावित भएका छन् । भिजिबिलिटमा सुधार भएका बेला काठमाडौं विमानस्थलबाट केही जहाजले उडान पनि भरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि निकै बेथिति बढेर गएको छ ।

प्राधिकरणभित्र भद्रगोल हुनुका साथै भ्रष्टाचार, अनियमितता भएको आरोप छ ।

पोखरामा यती यएरलाईन्सको जहाज दुर्घटना भएको छैटौँ दिन मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेर श्री एयरलाईन्सको जहाज झापा पुगेको छ ।

Published : Friday, 2023 January 20, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया