जहाज दुर्घटनाबारे प्रदीप अधिकारीको कर्तुत् बाहिरिन थालेपछि रहस्य खोल्नेहरूको मुख सिलाइदिने हर्कत
काठमाडौं । ७२ जनाको ज्यान जाने गरेर पोखरामा भएको दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको कमीकमजोरीको कर्तुतहरू बाहिर छताछुल्ल हुन थालेपछि मुख थुन्न विज्ञप्ति नै जारी गर्नु परेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रवक्ता जगन्नाथ निरौलालाई विज्ञप्ति जारी गर्न लगाएर जहाज दुर्घटनाबारे जथाभावी नबोल्न चेतावनी दिएका हुन् । जहाज दुर्घटना केटाकेटी खेलेको कुरा होइन ।
महानिर्देशक अधिकारीले के कुरामा ध्यान दिनुपर्छ भने आफ्नो नेतृत्व कमजोर भएका कारण प्राधिकरणभित्रको बेथितिले नै दुर्घटनाहरू निम्त्याउने कारण भएको बुझ्न जरुरी छ ।
जहाज कम्पनीहरूको अनुगमन, निरीक्षण, नियमन र कारबाही गर्ने अधिकार प्राधिकरणलाई छ । प्राधिकरणको नेतृत्वमा अधिकारी छन् ।
अधिकारीले नै जहाज दुर्घटनाको जिम्मेवारी लिनुपर्छ । उनले जहाज दुर्घटना हुनेवित्तिकै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो ।
तर, महानिर्देशक अधिकारीले राजीनामा नदिएर दुर्घटनाबारे नबोल्न चेतावनी जारी गरेर बसेका छन् ।
अधिकारीको कर्तुतका बारेमा प्रतिनिधि सभाको बिहीबारको बैठकमा कुराहरू उठिसकेका छन् । नेपाली कांग्रेससहितका सबै दलहरूले जहाज दुर्घटनाबारे गम्भीर कुरा उठाएका छन् ।
जनमत पार्टीका अध्यक्ष एवम् सांसद सीके राउतले जहाज दुर्घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् । उनले नेतृत्वमा बसेको व्यक्तिले किन राजीनामा नदिएको भनेर प्रश्न पनि उठाएका छन् ।
जहाज दुर्घटनाबारे महानिर्देशक अधिकारीले औपचारिक रुपमा बोलेका छैनन् । दुर्घटना भएको स्थान पोखरामा पनि महानिर्देशक अधिकारी अहिलेसम्म गएका छैनन् । दुर्घटनाको जिम्मेवारी पनि लिएका छैनन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले त झन् मन्त्रीको जवाफ माग गरेर रुलिङ नै गर्न सभामुखसँग माग गरेका थिए ।
लेखकको मागपछि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रोष्टमबाट पोखरामा भएको जहाज दुर्घटनाबारेमा जवाफ दिएका थिए ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया