जित पक्का ! तैपनि कांग्रेसको रणनीतिबाट बालकोटको डरायो
काठमाडौं । नेपाली कांग्रेसले रणनैतिक रुपमा आफूलाई अगाडि बढाएको छ ।
समय र परिवेशअनुसार कांग्रेसले आफूलाई ढाल्न थालेको छ । सत्ता समीकरणमा झट्का खाएको कांग्रेसले पुनः आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ ।
माओवादी केन्द्रलाई साथ दिएको एमालेको रणनीतिप्रति आफूलाई कांग्रेसले सशक्त रुपमा प्रस्तुत गरेको छ ।
कांग्रेसले सभामुख पदको निर्वाचनमा देखाएको सुझबुझपूर्ण निर्णय र गृहकार्यले एमाले डराएको छ । कांग्रेसले एमालेलाई कुनै पनि स्थानमा सर्वसम्मत छाड्ने पक्षमा छैन । बरु माओवादीलाई साथ दिएर सहमतिको राजनीतिको सन्देश दिएको छ ।
सभामुखमा एमालेको जित सुनिश्चित छ । एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरले जित्ने पक्का छ । घिमिरे झापा २ बाट प्रतिनिधि सभामा सांसद बनेका हुन् । घिमिरेले एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिन्छन् । घिमिरेभन्दा संघर्ष गरेका र सक्षम सांसदहरू छन् । तर, ओलीले घिमिरेलाई नै सभामुख बनाउन लागेका छन् ।
सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।
एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए ।
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेवदार बनाएको छ । कैलालीकी न्यौपाने समानुपातिक सांसद हुन् ।
सभामुख बन्न २७५ सांसदमध्ये १३८ मत ल्याउनुपर्छ ।
एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।
यसअघि सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी भने अहिले केही असन्तुष्ट देखिएका छन् । उनीहरूले सभामुखबारे कुनै निर्णय गरिसकेका छैनन् ।
न्यौपानेको पक्षमा कांग्रेसको ८८ मत छ । एकीकृत समाजवादीको १० मत रहेको छ । बाँकी दलहरू लोकतान्त्रिक समाजवादी, नेमकिपा र जनमोर्चाले पनि निर्णय गरिसकेका छैनन् ।
निर्विरोध बन्न कांग्रेसको चुनौती खेप्नु परेका घिमिरेलाई सभामुख पदको उम्मेदवार बन्न भने एमालेभित्र ठूलो समस्या भएन ।
उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य विद्या भट्टराई लगायतले सार्वजनिक रुपमा सभामुखको आकांक्षा राखेका थिए ।
आकांक्षी नेताहरूलाई ओलीले अर्कोपटक अवसर दिने जवाफ फर्काएर घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय लिएका हुन् । ओलीको अगाडि एमालेका कुनै पनि नेता बोल्न र तर्क गर्न डराउँछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया