तरुण दल विस्तारको गृहकार्य, महामन्त्री थापा र अध्यक्ष गुरुङबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेटवार्ता गरेका छन् ।
बुधबार राजधानीमा महामन्त्री थापा र अध्यक्ष गुरुङबीच भएको भेटवार्तामा तरुण दलको कार्यसमितिलाई पूर्णता दिने विषयमा परामर्श भएको हो ।
महामन्त्री थापाले तरुण दललाई पूर्णता दिने र चलायमान बनाउन आफू पूर्ण सहयोग रहने आश्वासन अध्यक्ष गुरुङलाई दिएका छन् ।
अध्यक्ष गुरुङले तरुण दललाई केही दिनभित्र पूर्णता दिने तयारी गरेका छन् ।
महामन्त्री थापाले अरु भ्रातृ संस्थाभन्दा तरुण दल फरक रहेको भन्दै कांग्रेसलाई मजवुत बनाउन तरुण दलको भूमिका विशेष रहने बताएका छन् ।
महामन्त्री थापाले अध्यक्ष गुरुङलाई संगठन चलायमान बनाउनको लागि सबै सहयोग आफूबाट प्राप्त हुने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गुरुङले बताएका छन् ।
तरुण दलको लामो समयदेखि महाधिवेशन हुने सकेको छैन । कार्यसमिति पनि विस्तार हुन सकेको छैन ।
अध्यक्ष गुरुङले कार्यसमितिलाई विस्तार गरेर महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । त्यसका लागि पार्टीका नेताहरूसँग परामर्श गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया