मन्त्री बनाउन विद्यादेवी भण्डारीको हस्तक्षेप, चीन निकट पौड्याल बनिन् मन्त्री
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल बिस्तारमा एमालेभित्र हस्तक्षेप गरेकी छिन् ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले आफ्नो पूर्वसल्लाहकार विमला पौड्याल राईलाई परराष्ट्र मन्त्री बनाएकी हुन् ।
परराष्ट्र मन्त्री बनेकी ५६ वर्षीया पौड्याल राष्ट्रिय सभाको मनोनीत सांसद हुन् । पौड्याललाई तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारले २०७४ सालको फागुन ९ गते राष्ट्रिय सभाको सांसदमा राष्ट्रपतिबाट मनोनीत गरिएको थियो ।
पौड्यालको ६ वर्षे कार्यकाल २०८० सालको फागुन २१ गते सकिनेछ । पौड्यालको करिव १३ महिना राष्ट्रय सभा सांसदको कार्यकाल बाँकी रहेका बेला विद्यादेवी भण्डारीको दवावमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले परराष्ट्र मन्त्री बनाएको आरोप छ ।
पौड्याल २०७२ मा राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिइन् । २०७३ मा उनी राष्ट्रपति भण्डारीको विकास मामिला विज्ञ थिइन् ।
परराष्ट्र मन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गरेकी पौड्याल चीनसँग निकट रहेको आरोप छ । राष्ट्रपति भण्डारीलाई चीन निकट रहेको आरोप लाग्दै आएको छ ।
हुन त यसअघि एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले थममाया थापा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र शिवमाया तुम्बाहाङ्फेले कानून मन्त्री बनाएकी थिइन् ।
प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । एमालेबाट जितेर आएका र परराष्ट्रका विषयमा जानकार रहेका सांसद पनि छन् ।
तर, भण्डारीको दवावमा ओलीले पौड्याललाई परराष्ट्र मन्त्री बनाएर सबैलाई चकित तुल्याइदिएका छन् ।
पौड्यालले नेदरल्याण्डको इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया