‘कम्युनिष्ट पुतली सरकार’को चकित पार्ने निर्णय, प्रचण्डलाई रविले नचाए
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ‘कम्युनिष्ट पुतली सरकार’ले यती एयरलाईन्सको जहाज दुर्घटना भएकोमा शोक मनाउन सार्वजनिक विदा दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको उक्साहटमा कम्युनिस्ट पुतली सरकारले पुस २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पोखरामा भएको जहाज दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ ।
जहाज दुर्घटनामा मृत्यु भएको घटना निकै दुखद् छ । दुर्घटनाको कारण पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाहीको निर्णय गर्नुपर्ने बेला सस्तो लोकप्रियताका लागि सार्वजनिक विदा निर्णय गरेर दाहाल सरकारले लज्जास्पद हर्कत गरेको छ ।
बरु कम्युनिष्ट पुतली सरकारले मृत्यु भएकालाई क्षतिपूर्ति र आफन्तलाई उचित व्यवस्था गर्ने प्रावधान गर्नुपर्ने थियो, त्यो गरेन ।
तर, गृहमन्त्री लामिछानेको उक्साहटमा प्रधानमन्त्री दाहालले सार्वजनिक विवाद दिने निर्णय गरेर ठूलो भुल गरेका छन् ।
भोलिका दिनमा बस वा अन्य सवारी साधन दुर्घटना भएर ज्यान गयो भने कम्युनिष्ट पुतली सरकारले सार्वजनिक विदा दिन्छ वा दिँदैन ? प्रश्न उठेको छ ।
सबै जनता जहाजमा चढेर यात्रा गर्न सक्दैनन् । पैसा नहुने गरिव जनतालेका यात्रा भनेको सार्वजनिक बस र यातायातका साधन नै हुन् ।
कम्युनिष्ट पुतली सरकारले यती एयरलाईन्सको जहाज किन दुर्घटना भयो ? दोष कसको छ ? सो विषयमा छानविन गरेर दोषीलाई हदैसम्मको कारबाहीको दण्ड सजायको व्यवस्थाको निर्णय गर्नुपर्ने थियो ।
विगतमा जहाज दुर्घटना भएका छन् । छानविन समिति बनेका छन् । ती छानविन समितिका प्रतिवेदनहरू कुनामा थन्काइएका छन् । कसैलाई पनि कारबाही भएको छैन ।
सार्वजनिक विदा दिने कम्युनिष्ट पुतली सरकारको सामाजिक सञ्जालमा आलोचना भएका छन् ।
यती समूहमा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीको सम्बन्ध के छ ? भन्ने कुरा सबैलाई थाहा छ । ओलीलाई खुसी बनाउन प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले सार्वजनिक विदा दिने निर्णय गराएका हुन् कि भनेर प्रश्न उठेका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया