पावरफुल कांग्रेसका सभापति देउवाको पावरफुल सन्देश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघी अर्थात मकर संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आइतबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर शुभकामना दिएका हुन् ।
‘मकर संक्रान्ति/माघे संक्रान्तिलाई नेपालका विभिन्न जातजातीहरूले विशेष पर्वका रुपमा मनाउँदै आएका छन्’, देउवाले भनेका छन् ।
‘नेपाल प्राचीनकालदेखि विभिन्न जातजातीहरूको बसोबासको संगमस्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरूको आफ्नो बेग्लै विशेषता छ’, देउवाले भनेका छन्, ‘एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।’
उनले भनेका छन्, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गुर्नका साथै सामाजिक सद्भावना बढाउँदै सबै जातजाती, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका छन् ।’
‘यी पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भनेका छन् ।
‘मकर संक्रान्ति/माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया