कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच परामर्श
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
शनिबार काठमाडौंमा अध्यक्ष नेपाल र नेता पौडेलबीच भेटवार्ता भएको हो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।
प्रतिनिधि सभाको सभामुखको निर्वाचन आउन पाँच दिन बाँकी रहेका बेला कांग्रेसका वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ । नेकपा (एकीकृत समाजवादी)ले पनि दाहाललाई विश्वासको मत दिएको छ ।
एकीकृत समाजवादी सरकारमा जान खोजेको छ । कांग्रेसले विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षमा बस्ने जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया