धेरै एसएसपीहरूको कार्यकाल पूरा नहुँदै रविले ताने, दिन थाले दवाव, कहाँ–कहाँ हाने ?

काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।

उप–प्रधान तथा गृहमन्त्रिस्तरीय निर्णयअनुसार २७ जना एसएसपीहरू सुरुवा भएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।

गृहमन्त्री रवि लामिछानेले धेरै एसएसपीहरूको एक वर्ष कार्यकाल पूरा नहुँदै तानेका छन् ।

काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका लगायतका प्रमुखहरूको कार्यकाल पूरा नहुँदै तानेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी दानबहादुर कार्कीको सरुवा भएको छ । एसएसपी भरतबहादुर बोहराको प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।

एसएसपी डा.मनोजकुमार केसीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा सरुवा भएको छ ।

एसएसपी सिद्धिबिक्रम शाहको जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ । एसएसपी यज्ञविनोद पोखरेलको बागमती प्रदेश कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडा (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौं)मा सरुवा भएको छ ।

एसएसपी सुशीलसिंह राठौरको कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)मा सरुवा भएको छ ।

एसएसपी चक्रबहादुर सिंहको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा सरुवा भएको छ ।

एसएसपी कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुलीमा सरुवा भएको छ ।

एसएसपी मोहनप्रसाद पोखरेलको १ नं. प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विराटनगर (हाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौं)मा सरुवा भएको छ ।

एसएसपी चन्द्रकुबेर खापुङको प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा सरुवा भएको छ ।

एसएसपी लालमणि आचार्यको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको छ ।

एसएसपी अरुण पौडेलको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सरुवा भएको छ ।

एसएसपी दिल्लीराज पन्तको मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर (हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी)मा सरुवा भएको छ ।

एसएसपी गणेश चन्दको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा सरुवा भएको छ ।

एसएसपी अर्जुन चन्द ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा (हाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल)मा सरुवा भएको छ ।

एसएसपी ईश्वर कार्कीको मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा भएको छ ।

एसएसपी रविन्द्र केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा भएको छ ।

एसएसपी रेवती ढकालको प्रहरी प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ ।

एसएसपी दीपेन्द्र घर्ती क्षेत्रीको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा वीरेन्द्रनगर (काज प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयको सचिवालय नक्साल)मा सरुवा भएको छ ।

एसएसपी जीवनकुमार श्रेष्ठको मावन बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौंमा सरुवा भएको छ ।

एसएसपी अनुरागकुमार द्विवेदीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाव अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा भएको छ ।

एसएसपी योगबहादुर पालको प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा सरुवा भएको छ ।

एसएसपी भोलाबहादुर रावलको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा भएको छ ।

एसएसपी जनक भट्टराईको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरुवा भएको छ ।

एसएसपी सुरेन्द्रप्रसाद मैनालीको प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएको छ ।

एसएसपी विनोद घिमिरेको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा भएको छ ।

एसएसपी दीपककुमार बस्नेतको लुम्निी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा तुलसीपुरमा सरुवा भएको छ ।

Published : Saturday, 2023 January 14, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया