कांग्रेसबारे राजकिशोर यादवको ‘पावरफुल’ टिप्पणी
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजकिशोर यादवले सरकारमा जाने विषयमा सम्वाद भइरहेको बताएका छन् ।
शनिबार रेडियो अन्तर्वार्ता ‘नेपाली बहस’ उनले कुन–कुन मन्त्रालय, कति मन्त्रालय लिनेभन्नेबारेमा निर्णय नभएको बताए ।
सरकारमा गएपछि जनतालाई बढीभन्दा बढी सेवा, सुशासन, विकास, किशान, मधेशका जनता र सेवाका सलावमा कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा जसपाले ध्यान दिने उनले बताएका छन् ।
नेता यादवले अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरिरहेको बताए ।
सरकारलाई समर्थन गरेर विश्वासको मत दिएको भन्दै उनले सबै कुरा ठीकठाक भने सरकारमा सहभागी हुने बताए । नेता यादवले सरकारमा सहभागी हुने कुरालाई अवसरभन्दा पनि जिम्मेवार बोधको कुरा रहेको बुझेको बताए ।
नेता यादवले चुनावपछि बिचार मिल्नेसँग वार्ता र सम्वाद गरेर अगाडि बढ्न वार्ता समिति गठन भएको बताए । उनले प्रारम्भीक रुपमा नेकपा (एकीकृत समाजवादी)सँग कुराकानी भएको बताए ।
उनले विश्वासको वातावरण बनाउन मुद्धाहरूमा कुरा भएको बताए । एकीकृत समाजवादीसँग सम्वाद जारी रहेकाले यसलाई सबै कुरा पूरा नभएको नेता यादवले बताए । विभिन्न मोडलहरूमा कुरा भएको भन्दै उनले निष्कर्षमा नपुगिएको बताए ।
नेता यादवले चुरे दोहोनले मधेशका पूरै भूमि मरुभूमि हुने ठूलो खतरा रहेको बताए । उनले चुरे क्षेत्र र नदीहरूलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।
उनले अबैध क्रसरहरूलाई कानून र ऐन बनाएर नियमन गर्नुपर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता यादवले व्यापारीहरूको लगानी डुब्ने अवस्था राज्यले गर्न नहुने बताएका छन् ।
जसपाका नेता यादवले नेपाली कांग्रेस पनि सरकारलाई विश्वासको मत दिएपछि नयाँ बहस ल्याइदिएको बताएका छन् ।
संविधानको बर्खिलापको कार्य भयो भनेर बहस भइरहेकोमा चिन्ता जनाएका नेता यादवले नेपालको हावापानी र माटोअनुसार संविधान लेखिएको बताए । उनले जनताले चाहेका सपना पूरा गर्ने दायित्व नेताहरूको रहेको बताएका छन् ।
नेता यादवले अर्को देशमा यस्तो व्यवस्था छ, त्यस्तै कुरा नेपालमा पनि हुनुपर्छ भन्नु उचित नरहेको बताएका छन् ।
कांग्रेस सरकारमा आउनेभन्दा पनि सरकारमा नआएर खबरदारी गर्न सकिने नेता यादवको भनाइ छ । जनताको हित र विपक्षमा कार्य हुँदा कांग्रेसले खबरदारी भूमिका खेल्नुपर्ने उनले बताए ।
उनले भने, ‘जनताको हितमा काम भयो भने सबैले सहयोग गर्ने, जनताको हितमा छैन भने सबै मिलेर खबरदारी गर्नुपर्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया