सभापति देउवाले संसदमा के–के भने ? ओलीको सातोपुत्लो उड्यो, बरबरायो एमाले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’जी प्रधानमन्त्री नियुक्त हुनु भएको छ । वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ ।’

उनले भने, ‘म नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु । वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु ।’

‘मन्त्रिपरिषदमा नव नियुक्त मन्त्रीज्यूहरूलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
‘आजभन्दा अठार महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बीचमा नेपाली कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए’, देउवाले भने, ‘तत्कालीन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो ।’

उनले भने, ‘यस कार्यमा तमाम चुनौति र कठिनाईहरू थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो ।’

‘स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भयो’, देउवाले भने, ‘पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहँदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ ।’

उनले भने, ‘म यस अवसरमा सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरू समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देशभित्र र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरू, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजीवी, संचार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’

‘निर्वाचनको प्रयोजनका लागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु’, सभापति देउवाले भनेका छन् । ‘म सदस्यहरूलाई विषेश रुपले आग्रह गर्न चाहन्छु । यो प्रतिनिधि सभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्’, उनले भने, ‘हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ ।’

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।’

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो’, उनले भने, ‘यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो ।’

उनले भने, ‘संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ ।’

‘लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ’, उनले भनेका छन्, ‘हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ ।’

उनले भने, ‘साथीहरूमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौं ।’

उनले भने, ‘मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । नेपाली कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजूभाई, दिदीबहिनीहरूमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

‘पार्टीका सबै साथीहरूले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘संचार माध्यमले जनतालाई सुसूचित गर्ने गरि असल काम गर्नुभएको छ ।’

सभापति देउवाले भने, ‘हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं ।’
‘देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं । यो प्रतिनिधि सभामा नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ’, उनले भनेका छन् ।

सभापति देउवाले संसदमा दिएको अभिव्यक्तिको एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आलोचना गरेका छन् । ओलीले सभापतिस देउवाको कुराहरूको आलोचना समेत गरेर तिक्तता पोखेका थिए ।

Published : Monday, 2023 January 9, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया