सबैभन्दा ठूलो दल कांग्रेसको संसदमा शान, देउवाद्वारा सम्बोधन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् ।
सोमबार बसेको बैठकमा देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सम्बोधन गरेका हुन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ पनि दिएका छन् ।
संसदको बैठकमा शुरुमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका थिए ।देउवाले छोटो बोलेका थिए । देउवाले लिखित सम्बोधन गरेका छन् ।
त्यसपछि प्रमुख प्रतिपक्ष दलको हैसियत र ठूलो दल भएका कारण कांग्रेसले समय पाएको छ ।
सभापति एवम् संसदीय दलका नेता देउवाले सांसदहरूलाई बधाइ तथा शुभकामना पनि दिएका छन् ।
देउवाले संसदमा सम्बोधन गरेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले बोलेका छन् ।
Published : Monday, 2023 January 9, 1:44 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया