नेपालको सबैभन्दा ठूलो लुटाहा बैंक एनआईसी एसिया र सनराईज भएको खुलासा
काठमाडौं । व्यवसायी समेत रहेका एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले एनआईसी एसिया बैंक र सनराईज बैंक लुटाहा बैंक रहेको आरोप लगाएका छन् ।
मेडिकल व्यवसायी प्रसाइँले प्राईम टेलिभिजनसँगको अन्तर्वातामा यो देशको सबैभन्दा ठूलो लुटाहा बैंक एनआईसी एसिया र सनराईज रहेको बताए ।
उनले भने, ‘यो देशमा सबैभन्दा लुटाहा बैंक भनेको एनआईसी एसिया र सनराईज बैंक हो ।’
‘एउटै पैसालाई धेरै टर्नओभर राउने गर्छन् । कमिशन आउँछ १ प्रतिशत’, व्यवसायी प्रसाइँले भनेका छन् ।
‘एनआईसी एसिया बैंकले २० करोडभन्दा माथि कसलाई गरेको छ ?’, प्रसाइँले प्रश्न गर्दै भनेका छन्, ‘उनीहरूकै साउलाई गरेको होला । एनआईसी एसिया गरिवको बैंक होइन ।’
उनले भने, ‘एक करोड मात्रै ऋण दिन्छ । कुनै मेडिल कलेज, उद्योगलाई एक सय करोड देओस् त एनआईसी एसिया बैंकले ! देखाउनुस् त !’
‘सबै धितो छ । १५–१५ दिनमा ब्याज बढाएको छ’, उनले भनेका छन् ।
एनआईसी एसिया बैंकका काला कर्तुतहरू आइरहेका बेला प्रतिष्ठित व्यवसायी प्रसाइँले एनआईसी एसिया बैंकलाई उदाङ्गो बनाइदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया