यस कारण मनको धनी छन् देउवा, साथीलाई दिए संरक्षणको आश्वासन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार धुम्बाराहीस्थित निवासमा देउवाले नेपालसँग सम्वाद गरेका हुन् ।

देउवाले अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभन्दा अगाडि पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

शुक्रबार बिहान नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले पनि कांग्रेसका सभापति देउवालाई भेट गरेका थिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिन लागेको विषयमा पनि देउवाले अध्यक्ष नेपाल र उनका सांसदहरूसँग परामर्श गरेका छन् ।

एमाले–माओवादीसहितको सात दलीय गठबन्धनले विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवा र नेपालबीचको भेटवार्ता भएको छ ।

सभापतिस देउवा र अध्यक्ष नेपालबीच भएको भेटवार्ताका विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउन चाहेका छैनन् । यस्तो अवस्थामा अध्यक्ष नेपालले सभापति देउवासँग परामर्श गरेका हुन् ।

सभापति देउवाले पनि अध्यक्ष नेपाल र उनका सांसदहरूलाई पछिल्लो राजनीतिक अवस्थाबाट बिचलित नहुन आग्रह गरेका छन् । देउवाले नेपालालाई सबै सहयोग गर्नेभन्दै नआत्तिन भनेका छन् ।

Published : Friday, 2023 January 6, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया