देउवाद्वारा पदाधिकारीहरूसँग परामर्श, खोले गोप्य कुरा, दिए एकताको सन्देश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई सभापति र दुई महामन्त्रीसँग परामर्श गरेका छन् ।
शुक्रबार धुम्बाराहीस्थित निवासमा सभापति देउवाले उप–सभापतिद्वय पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।
देउवाले उनीहरूलाई बोलाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिस्ट सरकारले विश्वासको मत लिन लागेका बारेमा परामर्श गरेको एक नेताले बताएका छन् ।
सभापति देउवाले पदाधिकारीहरूसँग आफूले प्रधानमन्त्री बनाउन कसैलाई पनि आश्वासन नदिएको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले केही दलका शीर्ष नेताहरूसँग भेटवार्ता र परामर्श गरे पनि प्रधानमन्त्री बनाउने भनेर कसैलाई पनि आश्वासन नदिएको बताएको उल्लेख गरेका छन् ।
प्रचण्डको सरकार ढाल्न देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको भनेर समाचार आएका बेला महामन्त्री शर्माले सभापति देउवाबाट बाहिर समाचार आए जस्तो कुनै पनि कुरा नभएको बताएका हुन् ।
राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालसँग पद र विभिन्न मागका विषयमा बार्गेनिङ गरिरहेका छन् । दाहाललाई दवावमा राख्न लिङ्देनले रणनैतिक रुपमा कांग्रेस सभापति देउवालाई देखाएर स्वार्थअनुकूलको हर्कत गरेको खुलेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया